काठमाडौँ —बंगलादेशमा आन्दोलन पुन: चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार दूतावासले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका सबै नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।
बंगलादेशमा सरकारले अनिश्चितकालीन कर्फ्युसमेत लगाएको छ । ‘बंगलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्‍चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0