हानोई । एक भारतीय पुरुषको पेटबाट जिउँदो इल झिकेका छन् । यो घटना यही जुलाई २७ को हो । भियतनामको हानोईस्थित भियत डक अस्पतालको आकस्मिक कक्षमा पुगेका एक पुरुषले पेट अत्यधिक दुखेको भन्दै पुगेका थिए । उनलाई अस्पतालले भर्ना गरेको थियो ।
दुखाई खप्न नसकेर ती पुरुष रोइ कराई गरिरहेका थिए । आफ्नो पेटमा जिउँदो इल छिरेको र आफूलाई खप्नै नसक्ने पीडा भइरहेको उनको भनाइ थियो । डाक्टरहरूले अनेकौँ खालका बिरामी देखेका थिए, तर मान्छेको पेटभित्र जिउँदो इल भएको बिरामी अहिलेसम्म देखेका थिएनन् ।

त्यसैले सुरुमा उनीहरूले बिरामीको कुरा पत्याएनन् । तर एक्स र अल्ट्रासाउन्डको रिपोर्टले भने बिरामीको भनाई सत्य देखायो । डाक्टरहरूले इन्डोस्कोपी अनि कोलोनोस्कपी गरेर त्यो जीवलाई निकाल्ने कोसिस गरे । तर चिप्लो इललाई केही गरी समात्न सकेनन् ।

समय बित्दै जाँदा बिरामीको पीडा झन् झन् बढ्दै गइरहेको थियो । यस्तोमा डाक्टरहरूसामु पेट चिरेर इल निकाल्नुको विकल्प थिएन । जब उनीहरूले पेट चिरे ती पुरुषको पेटबाट ६५ सेमी लामो १० सेमी मोटो इल निस्कियो ।

पेटबाट बाहिर निस्कन इलले आन्द्राभरि टोकेर घाउ नै घाउ पारिदिएको थियो । ती पुरुषले जिउँदो इललाई आफ्नो शरीरभित्र किन छिराए भन्ने चाँहि रहस्यमै छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0