काठमाडौं । पछिल्लो केही दिनदेखि डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ । हाल देशका ७५ जिल्लामा संक्रम फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो । ईडीसीडीका अनुसार कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको छ । डेंगीबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।

सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ । वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0