काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ र १८ साउनमा लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम) को नतिजा प्रकाशित भएको छ । परीक्षामा यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका काउन्सिलले जनाएको छ । उत्तीर्ण भएको यो प्रतिशत अहिले सम्मकै बढी हो ।

कुल ९७० जनाले फारम भरे पनि परीक्षामा ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0