काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् ।  एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीलाई दुर्व्यवहार गरेको विषयमा बोर्डका कर्मचारीहरु आन्दोलनमा उत्रदा बोर्डको काम प्रभावित भएको छ ।

आज बोर्डका कर्मचारीहरुले एक प्रेस विज्ञप्ति जारी गदैं बोर्डका अध्यक्षको सचिवालयमा कार्यरत शाखा अधिकृत शोभित रिजालबाट करारका कर्मचारीहरूले माथि दुर्व्यहार गरेको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयबाट काजमा बोर्डमा आएका शाखा अधिकृत रिजालले बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्ने गरेको कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाखा अधिकृत रिजाल २०७९ बैशाख ४ गते कार्यकारी निर्देशक डा.दामोदर बसौलाले सबै जिम्मेवारीबाट हटाएका थिए । तर हटाएको करिब ११ महिना अर्थात २०७९ चैत १६ गते पुनः बोर्डमै काजमा रिजाल आएका थिए ।

बोर्डका एक कर्मचारीका अनुसार १५ दिनसम्म आफुहरुका गुनासो कसैले नसुनेपछि (आफु) कर्मचारीहरुले आजबाट पेन डाउन सुरु गरेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0