महान्यायाधिवक्ता कार्यालयले सांसदसमेत रहेका डा। सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । कार्यालयले शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यमणि दाहालले केही दिनअघि उक्त निर्णय भएको जानकारी दिए । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो, तर अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

डा शर्माको नक्कली भनिएको प्रमाणपत्र विदेशी विश्वविद्यालयको रहेको र उक्त कागजात सरकारी लिखत नरहेकाले पनि मुद्दा नचल्ने निर्णय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसअघि डा शर्मालाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

लोकमानसिंह कार्कीका पालामा उनी अनुसन्धानमा भएको थियो । पछि उनी महाभियोग प्रस्तावका कारण निलम्बित भए र सर्वोच्च अदालतले अयोग्य ठहर गरी पदमुक्त नै गरिदियो । त्यतिखेर शर्माले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएकाले प्रतिशोधपूर्ण अनुसन्धान गरिएको दाबी गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल (हेल्थ असिस्टेन्ट एचए) गरेका डा. शर्माले फूल स्कलरशिपमा चीनबाट एमबीबीएस गरेका थिए । यी आधारमा उनले नक्कली कागजात कीर्ते गरेको नठहर्ने भएपछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।त्यसपछि सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाको निर्णय सदर गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0