नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । स्कुलमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको घिमिरेले बताए । चितवनसहित छिमेकी जिल्लामा अस्पताल मातहत १७ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ । ती केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवा सहितको अस्पताल, तीन सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र छन् । भरतपुर महानगरपालिका(१० मा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल छ । पर्साको ठोरी, नवलपरासी ९बर्दघाट(सुस्ता पूर्व०को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल छ ।
भरतपुर नजिकै आँखाको सहरी क्लिनिक छ । चितवन, नवलपरासी ९बर्दघाट(सुस्ता पूर्व०, धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उनले बताउए । अस्पतालका निर्देशक डा।पुष्पा गिरी श्रेष्ठले सहरसँगै ग्रामीण क्षेत्रमा आँखाका बिरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिविरमार्फत उपचार दिने गरिएको बताए ।