काठमाडौं । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पछिल्लो २ देखि ३ वर्षको तथ्याकं हेर्ने हो भने पहिलो नम्बरमा देखिएको छ । दक्षिण एसियामै क्यान्सरको तथ्याकं हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । पाठेघरको मुखको क्यान्सर ह्म्युन प्यापिलोमा भाइरसबाट देखिन्छ । पाठेघरको मुखको क्यान्सरको समयमैमा पत्ता लगाएर सुरुकै चरणमै उपचार गर्न सकिन्छ तर बिरामी ढिलो आउँदा उपचारमा समस्या देखिएको छ ।
पाठेघरको डिम्बासयको क्यान्सर केही लक्ष्ण नदेखिने र स्किृनि गरेर गरेर पत्ता लगाउँन नसकिने हुन्छ ।
ॐ हस्पिटलमा पछिल्लो डेढ महिनाको तथ्याकं हेर्दा १० देखि ११ जनामा पाठेघरको डिम्बाशय, भित्री तह र मुखको क्यान्सर भएका विरामी भेटिएका छन् ।
तर के विड्बिना छ भने महिलाहरु क्यान्सर फैलिएपछि मात्र आउँने गरेका छन् । जो काठमाडौं मैं रहेका महिलाहरु क्यान्सरको बारेमा जनचेतना हुँदा हुँदै पनि क्यान्सर फैलिएपछि मात्र आउँने गरेका छन् ।
पाठेघरको डिम्बासयको क्यान्सर ५० वर्ष माथिका महिलामा देखिन्छ ।
यस अस्पतालमा असार महिनामै २५ र २६ वर्षका दुई महिलामा क्यान्सर देखिएको छ । यसले पनि कम उमेरमा विवाह गर्दा महिलामा पाठेघरको मुखको क्यान्सर बढेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
यदि श्रीमतीबाट श्रीमान अथवा श्रीमानबाट श्रीमतीमा यदि शरिरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा यो क्यान्सर गराउँने भाईरस सदैन् । तर यो भाईरस शरिरमा लामो समयसम्म बसेमा यसले क्यान्सर गराउँने खतरा हुन्छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ९ देखि १५ वर्ष उमेर समुहका बालिकालाई ६ महिनाको अन्तरमा दुई मात्रा खोप दिएमा जोगाउँन सकिन्छ ।
यदि कोही महिला २६ वर्षसम्म यौन सम्पर्क गरेका छैनन् । भने त्यस्तो अवस्थामा खोप लगाएमा खोपले काम गर्छ । ती महिलाले तीन डोज दिनुपर्छ । तर जो महिलाले यौन सम्पर्क गरेकी छिन् । २६ वर्ष नाघेकी छिन् । भने ति महिलामा खोपले काम गदैन् । अहिले के देखिन्छ भने ४० देखि ४५ वर्षका महिलाहरुले हामीलाई खोप देउ भनेको सुनिन्छ । तर खोप पाएमा पनि कुनै काम गर्दैंन । जो महिला यौन सम्पर्क भएको छ बच्चा भएको छ । त्यस्ता महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी किटाणु पत्ता लगाउँने परीक्षण गरेर रोग भएन भएको पत्ता लगाएर रोकथाम गर्न सकिन्छ । एचपिभी परीक्षण ३० वर्ष नाघेका महिलामा गरिन्छ । यो टेष्ट नेगेटिभ देखिएमा ५–५ वर्षमा गर्दा हुन्छ । पोजेटिभ आएमा थप अन्य परीक्षण गरिन्छ ।
पाठेघरको मुखको क्यान्सरका लक्ष्णहरु
यसका लक्ष्णहरुमा यौन सम्पर्क गर्दा रगत बग्ने,फोहोर पानी बग्ने, क्यान्सर फैलिएको अवस्थामा अन्य अंगमा असर गर्ने जसका कारण ति अंगका लक्ष्ण देखिने हुन्छ ।
डिम्बशयको क्यान्सर यस्तो क्यान्सर लक्ष्ण ठयाकै यही हो भनेर छुटाउँन नसकिने जस्तो ः कसैमा पेट ढुस्स हुने, खाएको नपच्ने, ग्यास्ट्रीकका लक्ष्ण देखिने हुन्छ त्यसको परीक्षण गर्दा डिम्बशयको क्यान्सर भईसकेको हुन्छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपायहरु
९ देखि १५ वर्षका किशोरीलाई एचपिभी खोप अनिवार्य दिने ।
प्रत्येक विवाहित महिलाले ३ देखि ५ वर्षमा पाठेघरको मुखको क्यान्सर (प्यापटेष्ट) परीक्षण गर्ने ।
धेरै जनासँग यौन सम्पर्क गर्ने महिलाले यौन रोगबाट बच्ने साधनहरुको प्रयोग गर्ने
धुम्रपान नगर्ने ।
समयमै योनीमा देखिएका ईफेक्सनको उपचार गर्ने ।
( ॐ हस्पिटलका स्त्री क्यान्सर रोग विशेषज्ञ डा.अर्यालसँग गरिएको कुराकानीमा आधारित)