भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0