विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आज गाजामा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने घोषणा गरेको छ । यस क्षेत्रको फोहोर पानीको नमूनामा पोलियो भाइरस पत्ता लागेपछि बच्चाहरूलाई भाइरस सर्नबाट जोगाउन आगामी हप्ताहरूमा खोप वितरण गरिनेछ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नौ महिनादेखि जारी द्वन्द्वका कारण नियमित खोप अभियानमा अवरोध भएको र पाँच वर्षमुनि (विशेष गरी दुई वर्षमुनि) का बालबालिका जोखिममा रहेको उनले बताए ।

हालसम्म कुनै व्यक्तिमा पोलियो सङ्क्रमण देखिएको भने छैन, यद्यपि हजारौं असुरक्षित बालबालिकाहरूलाई अन्ततः भाइरस सङ्क्रमण हुनबाट रोक्नको लागि तत्काल कदम चाल्नु महत्त्वपूर्ण रहेको गेब्रेयससले जोड दिए।

पोलियो, मुख्यतया मलजन्य र मौखिकमाध्यममार्फत फैलिने एक अत्यधिक सङ्क्रामक भाइरस हो । यसले स्नायु प्रणालीलाई असर गर्छ र पक्षाघात निम्त्याउन सक्छ । विश्वव्यापी पोलियो सङ्क्रमण सन् १९८८ देखि ९९ प्रतिशतले घटेको छ ।

खराब स्वास्थ्य अवस्था र केही विस्थापित व्यक्तिहरूको शिविर नजिकैको सडकहरूमा ढलको ओभरफ्लोको कारणले संयुक्त राष्ट्र सङ्घले गत हप्ता हेपाटाइटिस ए, पेचिश र ग्यास्ट्रोएन्टेराइटिसका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको रिपोर्ट गरेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0