बर्षाको समयमा बालबालिकामा विभिन्न समस्या देखिने गर्छ । यो समयमा बालबालिकामा बढी जोखिम स्क्रबटाईफसको समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् । अर्को बालबालिकालाई यो मौषममा झाडापखाला, ज्वरोले पनि सताउँने गर्छ । यदि बालबालिकालाई झाडापखाला लागेमा के गर्ने , कस्तो अवस्थामा अस्पताल लैजाने लगायत बर्खामा देखिने रोगबाट कसरी जोगाउँने लगायत विषयमा कान्ति बाल रोग अस्पतालका बालरोग विशेषज्ञ डा.रामहरि चापागाईसँग हेल्थवाणीकी सञ्जिता खनालले गरेको कुराकानीको अंश
बालबालिकालाई बर्षाको समयमा कस्ता कस्ता समस्या देखिन्छ?
बालबालिकालाई बर्षाको समयमा रुघाखोकी, ज्वरो, झाडापखाला, स्क्रबटाईफस लगायतको समस्या देखिने बढी हुन्छ ।
बालबालिकामहरुलाई रुघाखोकी लाग्दा के गर्ने ?
रुघाखोकी लाग्दा बालबालिकालाई तुरुन्तै एन्टिबायोटिक औषधिको प्रयोग गर्ने । अझ भनौ मनखुसी प्रयोग गर्ने । यो समस्या विश्वमै महामारीका रुपमा देखिएको छ । जुनसुकै रोगमा चिकित्सको सल्लाह विना एन्टिबायोटिकको प्रयोग गर्नु हुदैन् । किन भने यदि तपाईले एन्टिबायोटिकको प्रयोग नचाहिदाँमा भएको हुन सक्छ । अर्को जति दिनसम्म खुवाउँनुपर्ने हो अनि जति मात्रामा खुवाउँनुपर्ने हो । त्यो अनुसार बालबालिकालाई दिईन भने पछि त्यो औषधिले काम नगर्ने सम्भावना हुन्छ ।
बालबालिकालाई अलिअलि खोक्ने वितिकै खोकीको दबाई कप सिरफ दिने गरेको देखिन्छ ?
रुघाखोकी प्राय भाईरस संक्रमणका कारण हुने गर्छ । रुघाखोकी साधारणतया एक सातामा आफै निको हुन्छ । रुघाखोकी कतिपयलाई एलर्जीका कारण भएको हुन्छ । अलिअलि खोक्ने वितिकै त्यसको विरुद्धमा औषधि दिनु हुदैन् ।
कस्तो अवस्थामा बालबालिकालाई अस्पताल लैजाने त ?
बच्चालाई रुघाखोकी सँगै ज्वरो एकदमै आएमा जसका कारण स्वासप्रश्वासमा समस्या देखिएमा । रुघाखोकी लागेर बच्चाले छिटोछिटो स्वास फेरेमा अथवा कोखा हानेमा । रुघाखोकी लागेर बच्चा आल्स्य भएर केही नखाएमा तुरुन्तै बच्चालाई हस्पिटल लैजानुपर्ने हुन्छ । किन भने त्यो अवस्थामा रुघाखोकी सँगै अन्य रोग पनि आएको हुन सक्छ । रुघाखोकीको जटिलतामा निमोनिया भएको हुन सक्छ ।
निमोनिया किन र कस्तो अवस्थाामा देखिन्छ ?
निमोनिया जुनसुकै अवस्थाका मानिसमा हुन्छ । स्वासप्रश्वास प्रणालीको फोक्सोको संक्रमण हो । यो भाईरस वा व्याकटेरियाका कारण हुन्छ ।
यो कुन बेला बढी सक्रिय हुन्छन् त निमोनियाका भाईरसहरु ?
गर्मी मौषमको तुलनामा जाडो मौषममा निश्चित किसिमका भाईरस सक्रिय हुन्छ ।
जाडो मौषममा धेरै जना एकै स्थानमा झ्याल लगाएर बस्ने हुदाँ रुघाखोकी स्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
निमोनिया भएको कसरी थाहा पाउँने ?
निमोनिया भनेको स्वासप्रश्वास रोगको जटिलता हो । रुघाखोकीको जटिलतालाई बुझन सकिन्छ ।
रुघाखोकी ,ज्वरो आएमा ,बच्चाले कम खाने , स्वास छिटो छिटो फेर्ने र बच्चा आल्स्य हुने हुदाँ यस्तो अवस्थामा जटिल खालका निमोनिया हुने खतरा हुन्छ ।
कस्ता बालबालिकामा निमोनियाको जोखिम बढी हुन्छ नि ?
कुपोषित बालबालिकामा, सरसफाईमा कम ध्यान दिने बालबालिकामा, पुर्ण खोप नलाएका बालबालिकमा र अन्य रोगको संक्रमण भएका (रोग प्रतिरोधात्मक) क्षमता कम भएका बालबालिकामा उच्च जोखिम हुन्छ ।
निमोनियाबाट बालबालिकालाई कसरी जोगाउँने ?
आफ्ना बालबालिकालाईसरसफाईमा ध्यान दिने , खानपानमा प्रोटिनयुक्त खानेकुरा खुवाउँने , झोलपदार्थ खुवाउँने , जंकफुड कम खुवाउँने , सबै खोपदिएमा बालबालिकालाई निमोनियाबाट जोगाउँन सकिन्छ ।
अस्पतालमा कस्ता बालबालिकाहरु बढी आउँने गरेका छन् ? वातावरण प्रदुषणका कारण कस्ता समस्या लिएर आउँने गरेका छन् ?
रुघाखोकी , स्वासप्रश्वासका समस्या लिएर आउँने गर्छ । जहाँ बढी प्रदुषण छ त्यहाँ क्रोनिकलंग डिडिज जसमा जटिल निमोनिया हुने हुन्छ । छालाहरुमा बढी चिलाउँने समस्या लिएर आउँने गर्छन् ।
वातावरण प्रदुषणको जोखिम बालबालिकामा कतिको देखिएको छ ?
बालबालिकाहरुलाई बढी गर्छ कि अन्य मानिसमा बढी असर गर्छ । त्यस्तो अध्ययन भएको त छैन् । तर साधारणतय वातावरण प्रदुषणको मारमा गर्भवति महिला बालबालिका र बृद्धबृद्धा बढी देखिन्छ ।
वायु प्रदुषणले बालबालिकामहरुको फोक्सोमा असर गरेको भन्ने सुनिन्छ नि त ?
बायुप्रदुषणले फोक्सोमा असर त गर्छ । वायुप्रदुषणले मानिसमा रुघाखोकीको समस्या देखिन्छ । बायु सिधै हाम्रो नाकको माध्यमबाट फोक्सोमा जान्छ ।
बालबालिकामा नसर्ने रोगमा कस्ता कस्ता समस्या बढ्दै गएका छन् ?
नसर्ने रोग र वातावरण प्रदुषणलाई जोडेर हेर्दा पछिल्लो समयमा बालबालिकाम दमको समस्या बढेको देखिएको छ । पहिलाको तुलनामा अहिले बढी छ । आमाको दुध कम खाने शिशुमा दमको जोखिम हुन्छ ।
बालबालिकामा मानसिक समस्या बढी देखिएको पाईन्छ । बालबालिकामा मृगौला र क्यान्सरको समस्या बढी देखिएको पाईन्छ । जन्मजात मुटुको समस्या बढी ।
अन्त्यमा के भन्न्र हुन्छ ?
सरसफाईमा ध्यान दिईएन् । बच्चालाई डेंगुको महामारी देखिन समय पनि हो । यदि हामीले सरसफाई गरेनौं बच्चालाई ज्वरो बढी आएको पेट दुखेको छ । बान्ता गरिरहेको छ । जिउमा रातो डावर आएको छ भने कतै डेंगु त हैन भनेर सचेत हुनुपर्छ । संक्रामक रोगहरु जुन ५२ वटा निकालेको छ । त्यो सँगै यो समयमा बढी देखिन जहाँ गाईबस्तुसँग कामगर्ने , खोतबारीमा काम गर्ने स्क्रबटाईफस पनि हुन सक्छ । अत्धिक ज्वरो आउँने ,शरिरको एक स्थानमा घाउ जस्तो देखिने जस्ता लक्ष्ण देखिएमा स्क्रबटाईफसको पनि हुन सक्छ । जुन फैलन सक्छ ।
भिडियाेमा