मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुनस्स्थापना केन्द्र भवनको उद्घाटन गरेका छन । शुक्रबार एक कार्यक्रमकाबिच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुनस्स्थापना केन्द्रको दुई कोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन ।

वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकिकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको पोषण पुनःस्थापना केन्द्रको दुई कोठे भवन कक्षको उद्घाटनको क्रममा मुख्यमन्त्री सिंहले मुख्यमन्त्री सिंहले अस्पतालको प्रांगणमा पोषण भवन निर्माणले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने बताए । उनले कुपोषित बालबालिकाहरुको उपचारका लागि निर्माण गरिएको उक्त भवनप्रति कृतज्ञ हुँदै दाता संस्थाप्रति आभार समेत व्यक्त गरे ।

यस्तै, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि अनुप राणाले बालबालिकाको पोषणको क्षेत्रमा काम गर्ने उदेश्य राखेको संस्थाले मधेशका विभिन्न जिल्लामा काम गरिरहेको बताए । उनले कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको वाधा नहोस् भन्ने अभिप्रायका साथ उक्त भवन निर्माण गरिएको बताउदै प्रत्येक बालबालिकाको पोषण सम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गरे ।

१९ लाख ५९ हजार ९ सय ५९ रुपियाँको लागतमा निर्माण उक्त भवनमा उपचार गर्न आउने बालाबालिकालाई वल्र्ड भिजनले खेलकुद सामग्री समेत उपलब्ध गराउने गरेको छ । पोषण भवन उद्घाटन कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। अंकुर साह, डा। विनोद यादव लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0