भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल बिहीबार महानगर–१४ मा रहेको शिवनगर प्राथामिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्य सेवा उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । सो केन्द्रमा साताको तीन दिन भरतपुर–१० मा रहेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल) ले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नेछ । तस्बिरः सनद अधिकारी÷रासस

भरतपुर महानगरपालिका–१४ मा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र भरतपुर आँखा अस्पतालसँगको समन्वयमा केन्द्रबाट हप्ताको तीन दिन विशेषज्ञ सेवा दिन लागिएको हो ।

विशेषज्ञ सेवाको भरतपुर महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच उद्घाटन गरीकी छन । उनले स्थानीय ७२ वर्षीय नन्दकला कुँवर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई विशेषज्ञ सेवाको टिकट प्रदान गरी सेवाको औपचारिक उद्घाटन गरीकी हुन ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित सञ्चालन गर्न सकिने प्रमुख दाहालले बताइन । महानगरभित्र रहेको एकमात्र केन्द्रमा विशेषज्ञ सेवा सुरु गरिएको भन्दै उनले यस्ता सेवा अन्य स्थानमा पुर्याउने लक्ष्यका साथ महानगरले काम गर्दै आएको बताइन ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए । उनले भन्ने, “बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ ।”

केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहीबार विशेषज्ञ सेवा प्रदान गर्न लागिएको केन्द्रका प्रशासन प्रमुख प्रेमराज पौडेलले जानकारी दिए । विसं २०२७ मा स्थापित यस स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत तीन जना, पारामेडिक्स नौ जना, नर्सिङ आठ जना, प्रयोगशालाकर्मी चार जना, फर्मासिस्ट दुई जना, रेडियोग्राफर एक जनासहित ३२ जना कर्मचारी कार्यरत छन् ।

यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार तीन सय ७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । दैनिक एक सय ६५ जना हाराहारी बिरामीको उपचार गर्दै आएको यस केन्द्रबाट नियमित खोप सेवा, आमा सुरक्षा कार्यक्रम, प्रयोगशाला, एक्सरे, गर्भ परीक्षण, समुदायमा मेयर स्वास्थ्य कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0