शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा। मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।

गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए । ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा. पौडेलले भने, ‘त्यही सुधार केन्द्रका सोमबार ल्याइएका अर्को युवकमा पनि पुष्टि भएको छ ।’ ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो ।

‘त्यहाँ आपूर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटियो । सबैले एउटै पानी सेवन गरिरहेका छन् । केन्द्रमा झाडापखाला लागेका जोकोहीलाई पनि हैजा संक्रमण हुने सम्भावना छ,’ डा. पौडेलले भने ।

हालसम्म हैजा संक्रमित ती युवकले आफ्नौ हिसाबले उपचार गरिएको जानकारी प्राप्त भएको डा. पौडेलले बताए । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने गरेको स्वास्थ्य विज्ञ बताउँछन् ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0