जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पताल जनकपुरधाममा जारी विवाद समाधानका छानबिन समिति गठन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत निरजकुमार श्रीवास्तव रहेको उनले बताए ।

यस अस्पतालमा लामोसमयदेखि कर्मचारीको विषयलाई लिएर विवाद भइरहेको छ । विगत ४० वर्षदेखि आँखा उपचार सेवा प्रदान गरिरहेको अस्पतालमा करारमा कार्यरत कर्मचारी नियुक्तिका विषयमा विवाद हुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको छ । अस्पतालमा दुई पक्षबीचको विवादलाई दिए एकअर्कामाथि आरोप प्रत्याआरोप र आक्रमणमा उत्रिने, सम्झाइबुझाई गर्दा नमान्ने, मारपिट तथा हातपातमा उत्रिने गरेकाले पटकपटक सुरक्षाकर्मी पठाउनु परिरहेकाले यस विषयमा आवश्यक छानबिन गरी समस्या समाधानका लागि समिति गठन गरिएको प्रजिअ कडरियाले बताए ।

उक्त समितिले १५ दिनभित्र आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0