स्वास्थ्य मन्त्रालयले देशभर गुड्ने एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतहरु ल्याउने तयारी अघि बढाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशिकत गरेको मापदण्डमा एक रुपता नआएको भन्दै यस्तो तयारी गरेको हो ।
सो सम्वन्धमा मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ ओटै जिल्लामा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिकामा उल्लेखित मापदण्डहरु पालना गराउन भनेको छ ।
पत्रमा तोकेको मापदण्ड पुरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्था गर्न भनिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1