स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताएका छन ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर एमडी, एमएस, एमएसीको पाठ्यक्रम निमार्ण गर्न आयोजीत दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले यस्तो बताएका हुन ।

कार्यक्षमता विकास गर्न सक्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्न मन्त्री निर्देशन दिए ।उनले भन्ने, “नयाँ संस्था खोल्न निकै गाह्रो छ । भएका सङ्ख्याहरुको गुणस्तर नघटाई क्षमता वृद्धि गरेर लैजान उपयुक्त हुने भएकाले संस्थालाई व्यवस्थित ढङ्गले लैजानुस् ।”

सरकारी प्रतिष्ठान आफैँले पनि विदेशी विद्यार्थी कसरी ल्याउने भन्नेतर्फ ध्यान दिन उनले आग्रह दिए । त्यस्तै मन्त्रालयका सचिव रोशन पोखरेले संसारमा बिक्ने पाठ्यक्रम निर्माण गर्न निर्देशन दिए ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अन्जनीकुमार झाले नक्कल नगरी अध्यायन अनुसन्धान गरेर देशलाई आवश्यक पर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रम निर्माण गर्न आग्रह गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी डा.मङ्गल रावलले राजनीतिक नियुक्ति रोक्न आग्रह गर्नुभएको छ । उनले कार्यक्रममा आफूले भोगेका भोगाइ सुनाउनुहुँदै मन्त्री पौडेललाई देशभरिका प्रतिष्ठानको राजनीतिक नियुक्ति रोक्न आग्रह गरेका हुन ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0