काठमाडौं । नेपालमा उन्मुलन भइसकेको पोलियो भाईरस फेरी देखिएको छ । नेपालमा २०६७ साल असोज १४ गतेसम्म पोलियोको नयाँ बिरामी देखा नपरेपछि उन्मुलन भएको घोषणा गरेको थियो ।
नेपालमा ढलबाट नमुना संकलन गरी वातावरणीय निगरानी गदै आएको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ ।
हालै काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला र बागमति नदीमा संकलन गरेको नमुनामा पोलियो भाइरस देखिएको परिवा कल्याण महाशाखाको खोप शाखाले जनाएको छ ।
खोप तथा बाल शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार २०८१ साल जेष्ठ १३ गते नमुना संकलन गरिएको थियो । नेपालमा पोलियाको जिन स्वकन्स नहुने हुँदा उक्त नमुनाको परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको ल्याब बैकंकमा लगिएको थियो ।
उक्त नमुनाको रिर्पोट गत असार २९ गते आउँदा त्यसमा पोलियो भाईरसको जिवाणु भेटिएको डा. गौतमले जानकारी दिए ।
उनका अनुसार सरकारले सञ्चालन गर्न लागेको विशेष पोलियो खोप अभियानमा ५ वर्ष मुनिका सबै बालबालिकार्लाइ दुई थापा पोलियो खोप खुवाईन्छ । उनले भने यो अभियानमा महिला स्वास्थ्यकर्मीलाई जोखिम क्षेत्रमा बिरामी खोज अभियानका लागि तालिम दिईने बताए ।
यो अभियानमा औषधि उचारको लागि अस्पताल तथा स्वास्थ्य संस्थामा गएका उक्त उमेर समुहका बालबालिकालाई पनि ती स्थानमा नै पोलियो थापा खुवाईने शाखाले जनाएको छ ।
यस अभियानमा ५ वर्ष मुनिका सबै बालबालिकाले पोलियो खोप अनिवार्य रुपमा लगाउँनु पर्ने छ । यदि कसैले खोप नलगाएमा खोप ऐन २०७२ बमोजिम सजाय हुने छ ।
उक्त ऐनको दफा ४ को (१)मा अनिवार्य रुपमा खोप लगाउँनुपर्ने स्वास्थ्य मन्त्रालयले तोकिए, बमोजिमका रोग रोकथाम, नियन्त्रण , निवारण वा उन्मुलन गर्नका लागि कुनै खोप अनिवार्य रुपले लगाउँन पनेए गरी तोक्न सक्ने जनाएको छ ।
सोही दफाको २ उपदफा (१) बमोजिमको खोप लगाउँनु सम्बन्धीत व्यक्तिको कर्तव्य हुने भन्ने उल्लेख छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक-फरक हुन्छन्। तर पक्षाघात वा मृत्यु समेत निम्त्याउने पोलियो भाइरसका लक्षण चाहिँ समान हुन्छ। विश्वभरिबाट टाइप टु नामक पोलियो भाइरस उन्मूलन भएको दुई वर्षअघि घोषणा गरिएको थियो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार टाइप थ्री नामक भाइरसको उन्मूलन २०१९ मा गरेको थियो
के हो पोलियो रोग
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालका अनुसार पोलियो रोगको विषाणुबाट दुषित खाना र पानीबाट एक एक व्यक्तिबाट अर्कोमा सर्छ ।
पोलियोबाट संक्रमण भएमा सुरुमा सामान्य रुघाखोकी ज्वरो पाला जस्ता लक्ष्ण लेखिने हुन्छ ।
पोलियोबाट पक्षघात देखिन्छ र जीवनभर अपाङ्गताको समस्या आउँने उनले जानकारी दिए ।
उनले यो रोगको समयमा उपचार नभएमा मृत्यु हुने खतरा उनले जानकारी दिए ।