नेपाल प्रहरी अस्पतालका डा पवन श्रेष्ठ गृह मन्त्रालयले उनको नाममा स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ। १५ दिनको बिदा स्वीकृत गराए हालसम्म सम्पर्कमा नआएपछि सातदिन भित्र स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।
गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म कार्यालयको सम्पर्कमा नआएपछि मन्त्रालयले स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो।
आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी स्पष्टीकरण सहित ७ दिनभित्रसम्ममा आउँन मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ
ुबाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड ९च० को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने उल्लेख छ ।