बिबिसी । अमेरिकी राष्ट्रपति जो बाइडन कोभिड-१९ बाट संक्रमित भएका छन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको रेसबाट बाहिरिन दबाब परेकै बेला उनी संक्रमित भएका हुन्। ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन जिन पियरेका अनुसार राष्ट्रपतिले भ्याक्सिन र बुस्टर लगाएका थिए।
उनका अनुसार यसअघि पनि बाइडेन संक्रमित भइसकेका हुन्। बाइडेनले ट्विटमार्फत् जानकारी दिएका छन्। उनले आफू उपचारमा रहेको र निको हुँदै गएको बताएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1