काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो ।

अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
यदि कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।

द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ )  र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ।

जारी हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगका कार्यकर्ताबीच हिजो झडप हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0