स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल कार्यभार सम्हाले लगत्तै  शहीद गङ्गालाल हृदय केन्द्र पुगेका छन ।

केपी शार्मा ओली नेतृत्वको मन्त्रीपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन्। मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशक लगायत कर्मचारीहरूसँग छलफल गरी विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री  पौडेलले हृदय केन्द्रका कार्यकारी निर्देशक एवं कर्मचारीहरूसँग छलफल गरी गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने, अन्य ६ वटै प्रदेशमा हृदय केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने र अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत प्रतिबद्धता व्यक्त गरेको छन ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै दिउसो १.१५ बजे स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका थिए ।पदवहालीसंगै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४-२०३०) स्वीकृत गर्ने निर्णय गरेका थिए

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0