स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकाहरूका लागि झन्डै १३ सय प्रकारका औषधि सुविधाथैलीमा परेका छन्।स्वास्थ्य बीमा बोर्डले बिमित सेवाग्राहीका लागि १ हजार २ सय ९० प्रकारका सेवासुविधा र औषधिको शुल्क निर्धारण गरी बिहीबार सार्वजनिक गरेको हो।
बोर्डले गत वैशाखमा नै यो सूची तयार पारी स्वीकृत गरेको थियो। औषधिको नयाँ मूल्य साउन १ गतेदेखि लागू हुने बोर्डकी सूचना अधिकारी ओम कुमारी कँडेलले बताइन्।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ।सबैभन्दा बडी सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1