काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै खख्तियारमा उजुरी परेको छ।  अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले नेपाल रेडक्रसलाई उपलब्ध गराएको दुई वटा किलिया मेसिनलाई थन्काउँदै रेडक्रसले व्यापारिसँगको सेटिङमा त्यस्तै खालको तर अर्को मेसिन ल्याउन लागेको उजुरीमा उल्लेख छ।

आइएफआरसीले रेडक्रसलाई दुई करोड २० लाख रुपैयाँमा खरिद गरेका रगत जाँच गर्ने दुई वटा किलिया मेसिन उपलब्ध गराएको थियो। उक्त मेसिनबाट केही समय रेडक्रसले रगत जाँच गरेको पनि थियो। तर हाल आएर ती दुवै मेसिन रेडक्रसले थन्काएर राखेको स्रोत बताउँछ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0