काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मुद्दा दायर गरेको हो।
स्वास्थ्य चौकीका लागि निशुल्क वितरण हुने ५७ प्रकारका औषधि खरिद गर्दा भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविनै भुक्तानी दिएको आयोगले दाबी गरेको छ।
उनीहरुले करिब ६ लाख २० हजार को औषधि खरिद गरेको अख्तियारको दाबी छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1