नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।बालबालिकाको मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरेर परामर्श सेवा प्रदान गरिएको हो ।

तेजस्वी हर्ट सेन्टर र लायन्स क्लब अफ नेपालगन्ज जीवनको संयुक्त आयोजनामा नेपालगन्जस्थित युद्ध संस्कृत माविका विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको हो ।तीन दिनसम्म चलेको उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले विद्यार्थीहरुको मुटुको चेकजाँच गरेर विभिन्न परामर्श दिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपालले बालबालिकामा मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचानगरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने जानकारी दिए ।

विद्यालयका सबै दुई सय बालबालिकाको इको गरिएकोमा केहीमा मुटु बाथरोगको लक्षण देखिएको उहाँले बताउनुभयो । पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाको इको गरिएको थियो ।निम्न आयस्तर, गरीब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा यस खालको स्वास्थ्य सेवाले बालबालिकाहरुलाई ठुलो राहत मिलेको विद्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0