काठमाडौं । केही दिन यता देशैभर बर्षाले जनजिवन प्रभावित भएको छ । मनसुनी सँगै आएको बाढी र पहिरोले धेरै स्थानमा क्षति पुर्याएको छ । यस्तो अवस्थामा स्वास्थ्यमा पनि विशेष ध्यान दिनपर्ने हुन्छ । वर्षायाममा ढल फुटेर मिसिँदा खानेपानीको मुहान दुषित भएको हुनसक्ने जसका कारण झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) रोगको सम्भावना बढाउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को समयमा खानेपानी र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
यसरी पानीको प्रयोग गरौं
-पानी निकाल्ने भाँडा सधैं सफा राखौं ।
-क्लोरिन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पउँने।
-शुद्धिकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राख्ने।
-बासी तथा सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने ।
-काँक्रो, गाँजर, फलफुल जस्ता काँचै खान मिल्ने खानेकुरा सफा पानीले धोएर खाने गर्ने ।
-जथाभावी दिसा पिसाब नगरौं र नगराऔं । चर्पीमा मात्र दिसा पिसाब गर्ने ।
-फोहोरलाई सधैं निश्चित ठाउँमा सहि तरीकाले व्यवस्थापन गर्ने ।
-खोक्दा,हाछ्यु गर्दा सफा कपडाले नाक मुख छोप्ने ।
-झाडापखाला, हैजा, आउँ,निमोनिया, रुघाखोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
-खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि फोहोर धोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धने गरौं।