झापाका स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथामसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले यहाँका चार पालिकाका एक सय ५० जना स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको जानकारी दिए । कोशी प्रदेश सरकारको पाइलट कार्यक्रमअन्तर्गत झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र गौरादह नगरपालिका तथा कनकाई नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उनले बताए ।
कार्यक्रममा सहभागीमध्ये एक वडाका दुई जना स्वयंसेविकालाई एक/एक वटा ब्लड प्रेसर र सुगर नाप्ने मेसिन प्रदान गरिएको कार्यालय झापाका जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

स्वयंसेविकालाई जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वाथ्य अधिकृत प्रकाश पाठक, ल्याटेनी युवनाथ बराल, चन्द्र शेखर, सम्बन्धित पालिकाका स्वास्थ्य शाखा संयोजकलगायतले अभिमुखीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0