काठमाडौं । पछिल्लो समयमा विश्वमै नि:सन्तानपनको समस्या बढ्दै गएको देखिन्छ । अस्पताल वा आईभिएफ सेन्टरमा लामो समयसम्म बच्चा नबस्ने , महिलाको अन्डाको भण्डार नहुने, पाठेघरमा सिष्ट हुने समस्या लिएर आउँने महिलाहरु बढ्न थालेका चिकित्सकहरु बताउँछन् ।
पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने, शुक्रकिटको चालमा समस्या आउँने बढी देखिन थालेको हार्दिक आईभिएफ सेन्टरकी आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्य बताउँछिन् । ।
पहिला ३५ वर्ष पछि अण्डाको गुणस्तर घट्ने गरेकोमा अहिले २९ देखि ३० वर्षकै उमेरम नै अण्डाको गुणस्तर घट्ने गरेको उनले बताईन् ।
३० वर्षसम्म बच्च जन्माउँन सकिदैन् भने अण्डा फ्रिज गरेर राख्न डा. शाक्यको सुझाब छ । पुरुषमा शुक्रकिटको संख्या कति उमेरबाट घट्छ ? तातो सावरमा नुहाउँने पुरुषमा शुक्रकिट संख्या कमी आउँछ ? नि:सन्तानको समस्या पुरुष र महिला कसमा बढी हुन्छ ? नि:सन्तानको समस्या बढ्नुका कारण के जस्तो लाग्छ ? यि यस्तै विषयमा हेल्थवाणीकी सञ्जिता खनालले डा. अर्चना शाक्यसँग भिडियोमा गरिएको कुराकानीको अंश

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0