काठमाडौं । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् । आज उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गरेका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै हिडेंका छन् ।
“आफुले संकलन गरेको रकमबाट कसरी उपचार भईरहेको छ भनी प्रत्यक्ष रुपमा हेर्नका लागि प्रतिष्ठानको भ्रमण गरेको हुँ । डा.रुइतले आफ्नो पदयात्राका लागि शुभकामना दिनुभएकोमा खुशी प्रकट गर्दै उनले अस्पताल भ्रमण गरी आँखा उपचारको वष्तुगत अवस्थालाई नजिकबाट नियाल्न पाएको अनुभव साटेका छन् । पदयात्राबाट संकलन भएको रकम प्रतिष्ठानको साझेदारी संस्था फ्रेड हलोज फाउन्डेशनका लागि भएकाले यसबाट नेपालमा रहेका दृष्टिविहनिहरुलाई सहयोग पुग्ने अपेक्षा उनले राखेका छन्,”एलेक्जेन्डर बताउँछन् ।
उनले फरक दृष्टिकोणका साथ पैदलै विश्व परिक्रमा गर्न चार वर्षको यात्रा तय गरिरहेका छन् । सन् २०२३को फेब्रुअरी १२ मा सिड्नीस्थित ओपेरा हाउसबाट पाइला चालेका क्याम्पबेलले फ्रेड हलोज फाउन्डेसनका लागि रकम जुटाउने क्रममा ३० देशहरू र चार महाद्वीपहरूमार्फत ४० किलो.मिटर पदयात्रा गर्ने तय गरेका हुन ।
गत डेढ वर्षमा उनले अष्ट्रेलिया बाहेक इन्डोनेसीया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, बांग्लादेश, भारत हँदै हाल नेपालमा यात्रा गरिरहेकाछन् । अब एसिया, युरोप, उत्तर अमेरिका हँदै पुनः अष्ट्रेलिया पुग्ने उनको योजना छ ।
विश्वमा सबैभन्दा बढी दृष्टिविहीन व्यक्तिहरू रहेको एसिया पार गर्नु क्याम्पबेलको यात्राको अर्को रोचक पाटो हो । लामो दूरीको पदयात्रा गर्ने गरेका क्याम्बबेलले यस अघिपनि ८०० किलोमिटर कोलोराडो ट्रेल, १६०० किलोमिटर ग्रेट हिमालय ट्रेल र फ्लिन्डर्स रेन्जबाट सिड्नी सम्मको ३७५० किलोमिटरको पदयात्रा पूरा गरिसकेका छन् ।
यस पदयात्राको क्रममा फ्रेड हलोज फाउण्डेशनका लागि हालसम्म उनले बत्तिस हजार डलर संकलन गरिसकेका छन् । आफ्नो पदयात्रा मार्फत फाउण्डेशनलाई गरिने सहयोगबाट थुप्रै राष्ट्रका मानिहरुको दृष्टि पुनस्र्थापित गर्न सकिने भएकाले यो अभियान क्याम्पबेलले सुरु गरेका हुन ।

हाल विश्वमा ४३ करोड मानिस दृष्टिविहिन जीवन बाँचीरहेकोमा ९० प्रतिशतभन्दा बढी दृष्टिविहिन हुनबाट रोक्न वा उपचार गर्न सकिने रहेकाले यस किसिमको सचेतनात्मक कार्य गर्न जरुरी रहेको उनको अनुभव छ ।
फाउन्डेसनका ब्रान्ड एण्ड कम्युनिकेसन निर्देशक एलिसन हिलले भनेको छन् “विश्वभरि ४०,००० किलोमिटर पदयात्रा गर्ने अलेक्जेन्डरको मिसन एक अविश्वसनीय यात्रा हो । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0