काठमाडौं । सरकारले तिब्र मनसुन सक्रिय हुदाँ डेंगु संक्रमण बढ्ने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर डेंगु संक्रिमितको संख्या यो महिनाबाट बढ्न सक्ने भन्दै लाम्खुट्टेको टोकाईबाट बच्न आग्रह गरेको छ ।

महाशाखाकाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले ‘जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भइसकेको छ, त्यसैले यो महिनाको अन्तिम सातादेखि डेंगु संक्रमितको संख्या बढ्न सक्ने सम्भावन उच्च रहेन बताए ।

महाशाखाको तथ्यांक अनुसार पुसदेखि असार २० गतेसम्ममा १ हजार ४३२ जनामा डेंगु संक्रमण देखिएको छ ।सन् २०२२ र २०२३ मा नेपालमा डेंगु संक्रमण अत्याधिक बढेको थियो। सन् २०२२ मा ८८ जना र २०२३ मा २० जनाको मृत्यु समेत भएको थियो।

शुक्रराज टुपिकल तथा सरुवा रोग विशेषज्ञ डा विमल चालिसेले एडीस जातको लामखुट्टेको टाकाईबाट डेंगु लाग्ने बताए । उनले
नेपालमा पछिल्लो समय एक, दुई, तीन सेरोटाइपको डेंगु संक्रमित बढी रहेको बताए। एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण हुँदैन। तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा संक्रमितको अवस्था भने गम्भीर हुनसक्ने उनले बताए ।
उनका अनुसार अहिले डेंगुबाट मृत्युदर कम छ भनरे हामी ढुक्क हुने अवस्था छैन, ‘एकपटक डेंगु लागेको व्यक्तिलाई अर्को पटक डेंगु हुदा अर्को सेरोटाइपको भाइरसबाट हुने भएकाले दोस्रोपटक डेंगु भएका बिरामीमा गम्भीर समस्या आउने जोखिम बढी हुन्छ।
डेंगुको कुनै खास औषधि नभएपछि दुखाइ र लक्षणहको व्यवस्थापन नै डेंगुको उपचार भएको उनले जानकारी दिए ।
सबै व्यक्तिलाई भने डेंगुको लक्षण नदेखिन पनि सक्ने उनको भनाई छ। उनले भने, डेंगु संक्रमित ७५ प्रतिशतमा लक्षण नदेखिने भएकाले सरकारी तथ्यांकमा भए भन्दा धेरैमा डेंगुको संक्रमण भएको हुनसक्छ।


सातै प्रदेशमा बजेट ,कुन प्रदेशमा कति ?

सकारले आगामी आर्थिक वर्ष अर्थात २०८१/८२ का लागि स्थानीय तहमा मात्र ७ करोड ९८ लाख रुपैयाँ डेंगु नियन्त्रणका लागि छुट्याएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोशी प्रदेशका १३७ पालिका मध्ये ९८ पालिका लागि २ करोड ६ लाख ५० हजार बजेट पठाइएको जनाएको छ ।

मेधेश प्रदेशका १३६ पालिका मध्ये ४६ पालिका लागि ७४ लाख , बागमति प्रदेशका ११९ पालिका मध्ये ७२ पालिका लागि १ करोड ७७ लाख, गण्डकी प्रदेशका ८५ पालिका मध्े ५० पालिका लागि ९८ लाख, लम्बिनी प्रदेशका १०९ पालिका मध्ये ७८ पालिका लागि १ करोड ३८ लाख, कर्णाली प्रदेशका ७९ पालिका मध्ये ११ पालिका लागि १८ लाख ५० हजार बिनियोजन भएको छ ।

सुदुर पश्चिम प्रदेशका ८८ पालिका मध्ये ४७ पालिका लागि ८६ लाख बिनियोजन गरिएको छ । कुल ७५३ पालिका ४०२ पालिकाका लागि ७ करोड ९८ डेंगु नियन्त्रणका लागि सरकारले बजेट बिनियोजनगरेको महाशाखाका दाहालले बताए ।
महाशाखाका दाहाल अनुसार संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ र संक्रमित लामखुट्टेबाट व्यक्तिमा डेंगु सर्छ। संक्रमित लामखुट्टे वृद्धि भएमा व्यक्तिमा पनि डेंगुको संक्रमण बढ्छ।
लामखुट्टेको प्रजनन् प्रक्रिया जमेको सफा पानीमा हुने हुँदा घर बरीपानी जम्न नदिने , खाल्डा खुल्डी पुर्ने , लामा बाहुला भएका कपडा लगाउँन उनको आग्रह छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0