स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले राजीनामा दिएका छन्। जनता समाजवादी पार्टीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका यादव सरकारलाई दिएको समर्थन सँगै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको थियो। उक्त पार्टीबाट स्वास्थ्य मन्त्री यादवका साथै बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खान छन्।
उपेन्द्रको पार्टी सरकारबाट बाहिरिँदा प्रदीप यादव सोही ठाउँमा स्वास्थ्य मन्त्री बनेका थिए। जसपाले नयाँ गठबन्धनमा सहभागी हुनेतर्फ छलफल चलाइरहेको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1