काठमाडौं । वर्षायामको समयमा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये पनि खुट्टाको औंलाको कापमा संक्रमण बढी देखिने हुन्छ । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ ।
खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यसलाई वेवास्ता गर्दा हिँड्नै गाह्रो हुने वा जुत्ता लगाउनै नसकिने गरी समस्या ल्याउँछ । त्यस्तो संक्रमणबाट बच्न कस्ता कस्ता घरेलु विधि सावधानी अपनाउनु पर्छ ।
– खुट्टालाई ओसिलो र तातो स्थानमा नराख्ने ।
– यसबाट बच्नका लागि खुट्टालाई खुला राख्नुपर्छ । गुम्साएर राख्नु हुँदैन ।
– मोजा सूतीको लगाउँने र हरेक दिन मोजा फेर्ने ।
– आवश्यक्ता परेमा एन्टि फंगल क्रिम लगाउनुपर्छ ।
-तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने गर्नुपर्छ । केहि समय खुट्टा डुबाएपछि सफा कपडा वा कपासले खुट्टाको काप सफा गर्नाले हिलोले खाएकोमा राहत हुन्छ ।
-लसुनको पेस्ट लसुनमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण हटाउन मद्दत गर्छ । लसुनको दुई केस्राको पेस्ट बनाउने त्यसमा केहि थोपा ओलिभ आयल मिसाउने र प्रभावित भागमा लगाउनुपर्छ । करिब आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुनुपर्छ ।धेरै निको हुन्छ ।
-घिउकुमारीको प्रयोग पनि लाभदायक हुनसक्छ । संक्रमण भएको स्थानमा घिउकुमारीको जेल लगाउने र मसाज गर्ने । यो काम दिनमा दुईरतीन पटकसम्म गर्न सकिन्छ ।