काठमाडौं । धेरै पुरुषको बानी हुन्छ ल्यापटप काखमा राखेर चलाउँने तर त्यसरी चलाउँदा निसन्तानको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।   आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यका अनुसार निसन्तानको समस्या महिलाका कारणले मात्र हैन् , पुरुषले सामान्य कुरामा ध्यान नदिदाँ जोखिम बढेको छ।

‘ खाडी मुलुक (जहाँ ) अत्यधिक तातो छ । त्यस्तो ठाउँमा काम गर्ने पु्रुषलाई निसन्तानपनको जोखिम बढी छ । उनले भनिन् , ‘ध्रमपान मद्यपानको सेवन गर्ने ,अत्यधिक तनाव लिने ,तातो बाईक चलाउँने , धेरै गर्मीमा बस्ने पुरुषमा शुक्रकिटमा कमी आएर निसन्तानपन देखिएको छ ।’

उनले ल्यापटप पनि काखमा राखेर काम गर्दा पनि त्यसले शुक्रकिटको समस्या आउँने हुदाँ त्यसरी काम नगर्न उनले अनुरोध गरिन् । पुरुषले जिवनशैलीमा ध्यान उनको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0