काठमाडौं । बागमती प्रदेश सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप निशुल्क दिने भएको छ ।

कोभिड–१९ को संक्रमणमा परेका धेरै जेष्ठ नागरिकलाई निमोनियाले सताएको भन्दै प्रदेश सरकारले निशुल्क खोप दिन लागेको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले निशुल्क खोप कार्यक्रमको प्राथमिकता विपन्न नागरिक भए पनि यो अवसर सबैलाई प्रदान गर्न लागिएको बागमतीका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0