काठमाडौं । औषधि व्यवस्था विभागले कर्मचारीका लागि आठ पेजको आचारसंहिता तयार पारेको छ। विभागले परिच्छेद ३ मा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचारसंहिता निर्माण गरेको छ।

विभागले कार्यालय परिसरमा फोटो तथा भिडियो खिचि फेसबुक टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ। उक्त परिच्छेदमा सामाजिक सञ्जालमा सरकार, संगठन वा अन्य पदाधिकारीलाई असर पर्ने गरी कुनै पनि संकेत (लाइक, कमेन्ट, शेयर) गर्न नहुने पनि उल्लेख गरिएको छ।
विभागबाट यिमन हुने काम कारवाहीसँग सम्बन्धी उद्योग वा फर्म वा व्यसायसँग सम्बन्धी शेयर वा कुनै पनि प्रकारका लगानी गर्न पाईने छैन् । विभागको कर्मचारीको जिम्मेवारी लिएको वखत त्यस प्रकारका कुनै शेयर वा लगानी गरे अथवा भएमा सो बिक्रि गरि अलग हुनु पर्ने उल्लेख छ ।

यसैगरी, सुपरीवेक्षकको सहमति बिना सरकारी कामका सिलसिलामा गरिएका काम प्रदर्शन गर्ने गरी सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने, कार्यालय परिसर भित्र र कार्यालयको पोशाकमा फोटो तथा भिडियो खिचि टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा अपलोड गर्न नहुने उल्लेख छ।
कसैबाट पनि नाजायज तवरले जिन्सी वा नगद , उपहार , कोशेली, दान तथा अतिरिक्त सुविधा वा सहुलियत लिन नहुने समेत उल्लेख गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0