स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो सयम जङ्गली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जङ्गली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ ।

वर्षा ऋतुको आगमनसँगै जङ्गली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ ।केन्द्रका अनुसार जङ्गली च्याउमा पकाउँदा पनि च्याउमा हुने विष कम हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0