स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले लामो समयदेखि एकै निकायमा रहेका कर्मचारी साउनमा सरुवा गर्ने बताए ।

‘साउनमा व्यापक सरुवा हुँदैछ । मन्त्रालय तथा विभागमा लामो समय एक ठाउँमा रहेकाहरुलाई परिवर्तन गर्दैछु । एक व्यक्तिलाई मात्रै सधैंभरि एक ठाउँमा अवसर दिनु अरुका लागि न्यायसंगत हुदैन, त्यसैले अत्यावश्यक र नभई–नहुने अवस्थाबाहेक सबैको जिम्मेवारी परिवर्तन गर्ने हो’, मन्त्री यादवले भने ।
उनले कोहीलाई दोहोरो जिम्मेवारी र कोहीलाई फाजिलमा राख्ने प्रबृत्ति समेत गलत भन्दै त्यसलाई समेत सच्याउने ठोकुवा गरे । आफू अप्राविधिक व्यक्ति भएको र प्राविधिक विषय बुझ्न केही समय लाग्ने भएकोले अहिले आफू अध्ययनकै क्रममा रहेको बताए ।

स्वास्थ्यमा दुई जना सचिव सहित छ जना विशिष्ट श्रेणी (सचिव सरह) का कर्मचारी भएकोमा खुशी व्यक्ति गर्दै भन्दै उनीहरुलाई उपयुक्त जिम्मेवारी दिएर स्वास्थ्य क्षेत्र सुधारका काममा अघि बढ्ने बताए । ‘धेरै जना सचिव वा अतिरिक्त सचिव भन्ने कुरा जो छ, यसमा त हामी झन् खुशी छौँ । अब उहाँहरुको अनुभव र विज्ञतालाई प्रयोगमा ल्याउँछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0