काठमाडौं । बंगलादेशबाट मेडिकल शिक्षामा आफ्नो स्नातक तथा स्नाकोत्तर पुरा गरेका नेपाली डाक्टरहरुको दोस्रो पुनर्मिलन सम्मेलन हुने भएको छ।
सोसाईटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशले दोस्रो पुनर्मिलन सम्मेलन जुलाई १९ तारिख काठमाडौंमा गर्न लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव रहने निश्चित भएको र प्रमुख अतिथिको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरिसकेको सोसाईटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशका संस्थापक अध्यक्ष डा.राकेश शाहले जानकारी दिए।
सम्मेलनका अवसरमा बंगलादेशमा अध्ययन गरेका अनुभवी सिनियर डाक्टरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा बंगलादेशबाट नयाँ डिग्री लिएका जुनियर डाक्टरहरूलाई युवा पुरस्कार समेत प्रदान गरिने डा शाहले जानकारी दिए।
सम्मेलनमा सहभागी हुन हाल सम्म ५०० जनाले रजिष्ट्रेसन गरिसकेका छन् भने सहभागी हुन चाहानेले अनलाईनबाट रजिष्ट्रेशन गर्न सकिने छ।
सम्मेलनमा बंगलादेश राजदुतावास, नेपाल र स्क्वायर फर्मास्युटिकल्स बंगलादेशको सहकार्य रहेको छ।