काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा (मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी) प्रविधिबाट मुटुको माइट्रयल भल्भ परिवर्तन गरिएको छ। सेन्टरमा गत मंगलबार बाथ मुटु रोगको समस्या भएकी ५३ वर्षाया एक महिलामा मुटुको माइट्रयल भल्भ परिवर्तन गर्ने शल्यक्रिया सफल भएको हो ।
डा.अनिल भट्टराईको नेतृत्वमा भएको उक्त शल्यक्रियामा डा.प्रभात खकुराल, डा. रवि बराल , डा .समिर यादव, डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ र डा. अर्जुन गुरुङ लगायतको टोली रहेको थियो।
सेन्टरका सर्जरी विभाग प्रमुख डा.अनिल भट्टराईका अनुसार यद्यपि यस विधिबाट माइट्रल भल्भ परिवर्तन भने नेपालमै पहिलो पटक गरिएको छ । उक्त शल्यक्रियामा राइट एक्जिलरी मिनिथोराक्टोमी’ गरेर ती महिलाको माइट्रयल भल्भ रिप्लेसमेन्ट गरिएको छ।
(मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी) प्रविधि भनेको काखीमुनि प्वाल पारेर गरिने शल्यक्रिया हो। उक्त शल्यक्रिया सम्पन्न गर्नका लागि साढे दुई घण्टाको समय लागेको थियो।