काठमाडौं । इजरायलले ८ सय नेपाली कामदार लैजाने भएको छ। वैदेशिक रोजगार विभागले (आज) मंगलबार एक सूचना प्रकाशित गदैं ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। ८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको र त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने विभाग जनाएको छ। योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0