काठमाडौं । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंले आयोजना गरेको ‘औषधिजन्य जडीबुटीमेला’ असार ८ गते शनिबार सम्पन्न भएको छ। जडीबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार मेला आयोजना गरिएको हो। मेलामा १५०० नागरिकहरूले अवलोकन गरेका थिए। यसै मेलामा वनस्पति विभाग अन्तर्गतका राष्ट्रिय हर्बेरीयम विभाग, अन्नपूर्ण अनुसन्धान केन्द्र ,जडीबुटी प्रशोधन केन्द्रहरू लगायत रैथाने किसान,अन्तर्राष्ट्रिय निकायहरूको प्रदर्शनी रहेको थियो।

कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले जडीबुटी प्रयोग पहिल्यैदेखि भएपनि आयुर्वेदको आशातीत विस्तार हुननसकेको बताए। उनले भने ‘आयुर्वेदको विस्तार सोचेजति हुन सकेको छैन। यसमा मन्त्रालयबाट सहयोग रहन्छ,’ आगामी वर्ष आयुर्वेदको सेवासाथ साथै जनशक्ति विस्तार गरिनेछ। बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका प्रमुख डा दीपक तिवारीले बागमती प्रदेशले आयुर्वेदको विस्तार गर्दै जिल्लाका स्वास्थ्य केन्द्रहरूलाई चिकित्सालयको रूपमा स्तरोन्नति भईसकेको बताए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0