चौँथो ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ रामप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च र शारदा–सुदर्शन देवकोटा फाउण्डेशनको सहकार्यमा प्रदान गरिँदै आएको पुरस्कार यस पटक न्यौपानेले पाएका हुन् ।

न्यौपानेलाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि कोशी प्रदेशका निबर्तमान मुख्य मन्त्री केदार कार्की र फाउण्डेशनकी अध्यक्ष डा.सुधा देवकोटाले न्यौपानैलेलाई पुरस्कार हस्तान्तर गरे।

न्यौपाने विगत डेढ दशकदेखि स्वास्थ्य बिटको पत्रकारितामा सक्रिय छन् । बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य बिटमै पत्रकारिता गरिरहेको र पहिलो पटक पुरस्कार पाएको न्यौपानले बताए ।

स्वास्थ्य पत्रकार मञ्चका पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले आफ्नै कार्यकालमा यो पुरस्कार सुरु गरेको स्मरण गरे।त्यो समय कोभिड–१९ को समयमा स्वास्थ्य पत्रकारलाई प्रोत्साहन आवश्यक भएका बेला शारदा–सुदर्शन देवकोटा फाउण्डेशन पुरस्कारको प्रस्ताव ल्याउँदा आफू निकै खुसी भएको उनले सुनाए ।

काठमाडौँमा आज आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य पत्रकारिताको विशेष महत्व रहेको चर्चा गर्दै पत्रकारहरुले यसलाई बुझेर अघि बढ्न सुझाव दिए । उनले एक जना चिकित्सकले गल्ती गर्दा एक जना बिरामीलाई असर गर्ने तर एक जना स्वास्थ्य पत्रकारले एउटा बाक्यमा गल्ती गर्दा लाखौं करोडौँलाई असर गर्न सक्ने भन्दै सम्वेदनशील हुन आग्रह गरे ।

फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटाले पत्रकार रहेका बुबा सुदर्शन देवकोटाको योगदानको सम्झनाका लागि पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । बुबा पत्रकार रहेको आफू स्वास्थ्य क्षेत्रमा जोडिएकाले स्वास्थ्य पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको पनि उनले स्पष्ट पारिन । आफूपछिका पुस्ताले पनि यसलाई निरन्तरता दिने डा. देवकोटाले बताइन् । पुरस्कार बाहेकाका अन्य क्षेत्रमा पनि फाउण्डेशनले स्वास्थ्य पत्रकारसँग सहकार्य गर्ने उनले सुनाइन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रा. डा. संगीता भण्डारीले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउन पत्रकारको ठूलो भूमिका रहेको बताइन् ।

स्वास्थ्य पत्रकार मञ्चका सरोज ढुंगेलले शारदा–सुदर्शन देवकोटा फाउण्डेशनले स्थापना गरेकोले स्वास्थ्य पत्रकारलाई प्रोत्साहन मिलेको बताए। अघिल्ला ३ वर्षपनि सक्रिय पत्रकारलाई पुरस्कार प्रदान गरिएको उनले सुनाए ।

यसअघि यो पुरस्कार सुजिता पौडेल(सपना), पवित्रा सुनार र जुनु भट्टराईलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0