काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौलाले जिम्मेवारी पाएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएको हुन्। सरुवा रोग अस्पतालमा निर्देशक रहेका डा रोशन न्यौपानेलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ।
डा बसौलाले बिहीबार बिहान पत्र बुझेका छन्। पत्र बुझेसँगै उनी टेकु अस्पताल पुगेका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1