बालबालिका लक्षित ‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका लोकार्पण भएको छ। आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका ‘आँखालाई माया गर्नुहोस् लोकार्पण भएको हो।
आज तिलगंगा आँखा प्रतिष्ठानमा एक कार्यक्रममा गरी उक्त पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क प्रमुख अतिथीका रुपमा रहेकी थिइन्। तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ तथा फेलिसिटी भोल्कद्वारा उक्त जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे हो।
अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुने बताइएको छ।
नेपालका लागि अष्ट्रेलियाली राजदुत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पुर्याउने आशा गरिएको छ ।