उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीका मिर्गौला पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुवेशीका स्थायी घर भएका हाल अस्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आउनुभएका जोन घलेले वडा अध्यक्ष राकेश गुरुङ मार्फत सहयोग पठाउनु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

उनका अनुसार आर्थिक सहयोग पाउनेहरूमा सुनार गुरुङ, जयराम गुरुङ, सूर्यलाल बिक, अनुजा गुरुङ, रेजिना गुरुङ, उषा गुरुङ र नाम परिवर्तित विवेक गुरुङ रहेको उनले बताए । मिर्गौला पीडितहरूलाई जनही ५० हजार नगद वितरण गरिएको हो ।

जोन घले एक युवा समाजसेवी तथा व्यापारी भएकाले कसैको दुःख नसक्ने हुनुभएकाले आफ्नै विवेकले सहयोग प्रदान गर्नु भएको वडा अध्यक्ष राकेश गुरुङले बताए। आइतबार लापुवेशीमा एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले स्वयम बिरामी र कोही बिरामीको आफन्तलाई रकम हस्तान्तरण गर्नुभएको वडा अध्यक्ष गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0