स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका चौथो पाँचौ र छैटौँ तहका कर्मचारीहरुको स्तरबृद्धिको प्रक्रिया अघि बढाएको छ ।
आइतबार सूचना प्रकाशित गर्दै विभागले असार मसान्तसम्म स्तरबृद्धि गर्न अवधी पुगी अन्य कानूनी आधार पुरा गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न भनेको हो ।
प्रदेश तथा स्थानीय कर्मचारी सम्वन्धी ऐन तथा नियमावली जारी भएका बाहेक नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुले असार मसान्त भित्र निवेदन भनिएको छ । स्तरबृद्धिका लागि आफ्नै कानून नभएका प्रदेश र स्थानीय तहसंगै संघमा रहेका स्वास्थ्यकर्मीहरुले निवेदन दिन सक्नेछन् ।
विभागले पुस र असार गरी बर्षमा दुई पटक स्तरबृद्धिका लागि आवेदन दिने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1