इशान बाल तथा महिला अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया भएको छ ।
लिखु तामाकोसी ६ की ११ वर्षकी तृष्णा थापाको जन्मजात मुत्र थैली नबनेको रोग (एक्सट्रोप्ट्री इपिस्पाडियस कम्प्लेक्स) सम्वन्धी समस्याको शल्यक्रिया गरिएको हो । अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अत्यन्त दुर्लभ र जटिल मानिने यो शल्यक्रियामा बालिकाको एकै पटक चार किसिमको शल्यक्रिया गरिएको बताए ।
उनका अनुसार सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाब नफर्कने शल्यकिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया गरिएको हो ।
चौधरीले गत १० बैशाखमा आफू र प्राडा श्यामकृष्ण महर्जनसहितको टिमले १० घण्टा लगाएर अति जोखिमयुक्त शल्यक्रिया गरिएको बताए ।
नेपालमा यस्तो किसिमको शल्यक्रिया सम्भवत पहिलो भएको अस्पतालले जनाएको छ ।
यस्तो समस्या भएका अधिकांश बालबालिकाहरुको मृत्यु हुने गरेकोले पनि यसअघि यस्ता किसिमको रोगको यो तहको उपचार नेपालमा नभएको उनले आँकलन गरे ।
परिवारले जन्मिएको ९ दिनमा कान्ति बाल अस्पतालमा ल्याएर थापाको उपचार गरेका थिए । त्यसबेला कान्तिमा उनै प्रा.डा चौधरीको नेतृत्वमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो । त्यसपछि चार वर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया गरिएको थियो ।
पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गौलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गौलामा गईरहेको अवस्था थियो जसका कारण तृष्णाले शल्यक्रिया अगाडि डाइपर लगाउनपर्ने अवस्था थियो ।
तृसना जन्मिएको ९ दिनमा प्राडा.आरपी चौधरीको नेतृत्वमा कान्ति बाल अस्पतालमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो भने ४ बर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया गरिएको थियो ।
पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गाैलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गाैलामा गईरहेको अवस्था थियो जसका कारण तृसनाले शल्यक्रिया अगाडि डाइपर लगाउनपर्ने अवस्था थियो
शल्यक्रिया पश्चात तृष्णाले पाइप मार्फत पिसाव गर्न सकेको र हाल उनको दैनिक अवस्था सामान्य रहेको उहाँका बाबु सन्तोष थापाले जानकारी दिए ।