काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले आजदेखि असार २ गतेसम्म अत्यधिक गर्मी हुनुका साथै तातो हावा चल्ने भन्दै सावधानी अपनाउँन आग्रह गरेको हो ।
विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, टाउको दुख्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने,घाममा बढी नहिँड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटकपटक पानी तथा झोल पदार्थ पिउन विभागले सुझाएको छ । कुनै पनि स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0