Slice of watermelon on white background

पछिल्लो केदि यता  तराईमा अझ तापक्रम अत्यधिक बढ्दा जन जिवन समेत प्रभावित बनेको छ । यस्तो गर्मीको समयमा तपाईलाई गर्बुजा खानु भएमा निकै राहत मिल्ने छ ।

यस्तोमा खर्बुजा तिर्खा मेटाउन र शरीरमा पानीको मात्रा सन्तुलित गर्न उपयुक्त फलफूल बन्न सक्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न रोग लाग्नबाट जोगाउँछ ।

खर्बुजाका यस्ता छन् फाइदा

पाचन प्रणाली सुधार : खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । कब्जियत हुनबाट जोगाउँछ ।

शरीरमा पानीको मात्रा  : खर्बुजामा ९० प्रतिशतभन्दा पानी र प्रशस्त मात्रामा खनिज पाइन्छ । यसले शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाको सेवनले सन्तुलित पार्छ ।

रक्तचाप नियन्त्रण :  अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनअनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै यसले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

क्यान्सर :  खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एन्टिअक्सिडेन्टले क्यान्सर कोष वृद्धिलाई रोक्छ र फ्री(रेडिकल बन्न दिंदैन । यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ ।

छाला: खर्बुजाले छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाइने भिटामिन एले यो जरुरत पूरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ । आँखा तेजिलो बनाउन, छाला चमक बढाउन लाभदायिक हुन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0